
काठमाडौं । हिपहप गायक निर्णय श्रेष्ठ ‘एनएसके’ अष्ट्रेलिया गुञ्जिने भएका छन् । ‘सोलफुल रिदम्स निर्णय एनएसके लाइभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम सिड्नीमा यही ३१ अगस्टमा हुनेछ ।
सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमबाट उठेको सम्पूर्ण रकम ‘सफलता एचआईभी शिक्षा सदन’लाई सहयोग गरिने आयोजकले जनाएका छन् । सफलता एचआईभी शिक्षा सदन एचआईभी संक्रमित बच्चालाई नि:शुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो । कार्यक्रमको होस्ट विवेक खतिवडा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4