+
+

शिक्षा विधेयकको विरोधमा कोशीका निजी सञ्‍चालकहरूले गरे बन्दको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १८:०९

२४ साउन, विराटनगर । प्रस्तावित शिक्षा  ऐनको  प्रावधान संशोधनको माग गर्दै कोशी प्रदेशमा पनि निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनले आन्दोलन घोषणा गरेका छन् ।

निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधानको विरोध गर्दै निजी शिक्षण संस्था सञ्चालकहरुको  संगठनहरुले साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् ।

५२ वर्षअघि जारी भएको शिक्षा २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्ने तयारी  गरेको छ । यो विधेयक मन्त्रीपरिषद्बाट पारित भइसकेको छ ।

विराटनगरमा बुधबार नेसनल प्याब्सन कोशीका अध्यक्ष राजन पौडेल, हिसानका प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र प्याब्सनका कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालले संयुक्त पत्रकार सम्मेलन गर्दै   विधेयकको मस्यौदा संसोेधनका लागि  शिक्षण संस्था बन्ददेखि तालाचाबी  जिम्मा लगाउने घोषणा गरे ।

प्याब्सन प्रदेशका अध्यक्ष ढकालले प्रस्तावित विधेयकमा असहमित राख्दै कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई पाँचवर्ष भित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको प्रावधान संसोधन गर्नुपर्ने बताए ।  यो प्रावधाले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने उनले बताए ।

साउन २८ गतेबाट शिक्षण संस्था बन्दको घोषणा गरेका संस्थाहरुले भदौ १ गतेदेखि विद्यालय बन्दसँगै विद्यालयका सवारी साधन सार्वजानिकस्थलमा पार्किङ गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?