+

विश्वकप क्रिकेटको खेल तालिकामा हेरफेर

२०८० साउन  २४ गते १८:५९ २०८० साउन २४ गते १८:५९
विश्वकप क्रिकेटको खेल तालिकामा हेरफेर

२४ साउन, काठमाडौं । एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन गरिएको छ ।

यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ । यो खेल पूर्वनिर्धारित स्थान गुजरातको नरेन्द्र मोदी स्टेडियममा १४ अक्टोबरमा हुने छ ।

१५ अक्टोबरको दिन घटस्थापना (भारतमा नवरात्रीका रुपमा मनाइन्छ) परेका कारण त्यो दिनको खेल एक दिन अघि सारिएको हो ।

भारत र पाकिस्तानको खेलको समय सारिएको कारण अरु खेलको मिति पनि परिवर्तन गरिएको हो । पाकिस्तान र श्रीलंकको खेल पनि अक्टोबर १२ बाट अक्टोबर १० मा सारिएको छ । भारत र पाकिस्तानको खेलको लागि पर्याप्त समय होस् भन्ने हिसाबले यो समय पनि सारिएको हो ।

यसको कारण लखनउमा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल पनि एक दिन अगाडि सारिएको छ । उक्त खेल अक्टोबर १३ मा हुने तालिका थियो भने अब १२ तरिकमा हुनेछ ।

अक्टोबर १४ मा हुने भनिएको इङ्ल्यान्ड र अफगानिस्तानको खेल १५ अक्टोबरमा सारिएको छ ।

अक्टोबर १४ मा चेन्नाईमा हुने भनिएको न्युजिल्यान्ड र बंगलादेशको खेल १३ अक्टोबरमा डे–नाइट  फर्म्याटमा सारिएको छ । धर्मशालामा इङ्ल्यान्ड र बंगलादेशको खेल १० अक्टोबरमा सारिएको छ । यो डेनाइट खेल थियो तर अब अहिलेको समयको फेरबदल अनुसार यो खेल पूरै दिनमा हुनेछ ।

१२ नोभेम्बरमा हुने भनिएका दुई खेल अब ११ तारिखमा हुनेछन् । अष्ट्रेलिया र बंगलादेशको खेल पुणेमा हुनेछ भने इङ्ल्यान्ड र पाकिस्तानको खेल कोलकत्तामा हुनेछ ।

५ अक्टोबरमा अहमदावादमा इङ्ल्यान्ड र न्युजिल्यान्डको खेलबाट सुरु हुने विश्वकपको समूह चरणको अन्तिम खेल १२ नोभेम्बरमा बंग्लोरमा भारत र नेदरल्यान्डबीच हुनेछ ।

फाइनल खेल भने नोभेम्बर १८ मा अहमदावादमा नै हुनेछ । सेमिफाइनल मुम्बई र कोलकत्तामा नोभेम्बर १५ र १६ मा खेलिनेछ । आइसीसीका अनुसार खेलका लागि टिकट अगष्ट २५ बाट अनलाइनमा उपलब्ध हुनेछ ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय