
२५ साउन, दाङ । सल्यानमा एक महिलाको हत्याका आरोपि मृत फेला परेका छन् ।
गत आइतबार बिहान मैबारिमा मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका- १४ का ४७ वर्षीया प्रमिला गिरीको हत्याका आरोपी ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेका हुन् ।
आरोपी गिरी आफ्नै घर नजिकैको एक घरमा झुन्डिएको अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दामोदर केसीले जानकारी दिए ।
बिहीबार बिहान मृत अवस्था फेला परेका गिरि मृतक प्रमिला गिरिका जेठाजु हुन् । उनी साउन २१ गते आइतबार बेलुकीदेखि फरार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4