
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ ।
दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह एकतावद्ध भएको र रहिरहने विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुई नेताको छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज । हामी साथमा छौं र निकै उत्साहित पनि,’ घिमिरेले ट्वीट गरेका छन् ।
दुई नेताबीचको सम्बन्धमा दूरी बढेको भन्दै केही समयदेखि आशंका व्यक्त हुुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4