+
+

फिल्म ‘जुलेबी’को गीत ‘आज मन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १७:११

काठमाडौं । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जुलेबी’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा फिल्ममा समावेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा केतन क्षेत्रीको स्वर, कोसिस क्षेत्री र केतनको शब्द तथा संगीत छ ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक गणेश देव पाण्डेले फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्ने र कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुम्ने बताए । ‘जुलेबी लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो,’ उनले भने ।

अभिनेत्री सुरक्षा पन्तले रत्नपार्कको वरिपरि कथा घुम्ने र फरक-फरक कथामा काम गर्ने निर्देशक गणेश देव पाण्डेसँग काम गर्दा मज्जा आएको अनुभव सुनाइन् । ‘यस्तो कथामा धेरै चलचित्र बन्दैनन्, हाम्रो समाजले हेर्ने दृष्टिकोणले फरक भएको तर उहाँहरु (यौनकर्मी) सुन्दर लाग्ने व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको आफ्नै कथा व्यथा छन्,’ उनले भनिन् ।

फोर क्युब इन्टरटेनन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको मुख्य भूमिका छ । फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् ।

फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अञ्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डीएआर मुभिजले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?