
२५ साउन, धनगढी। कैलालीमा नदीमा दाउरा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् ।
बुधबार खुटिया नदीमा दाउरा संकलन गर्न गएका बेला बाढीले बगाएर बेपत्ता भएका गोदावरी नगरपालिका-९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराई मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले भट्टराई बिहीबार बिहान पानी जमेको खाल्लामा मृत भेटिएको जानकारी दिए ।
डीएसपी चन्दले उनी दाउरा संकलन गर्न गएका कारण नदीले बगाएर ल्याएको हुनसक्ने बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4