+
+

सांसद पक्राउको कारण थाहा पाएपछि पार्टीको धारणा बनाउँछौं : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १८:३८

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई किन पक्राउ गरेको हो भन्ने बुझेपछि औपचारिक धारणा बनाउने बताएका छन् ।

मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ ।

बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । बैठकपछि प्रमुख सचेतक लेखकले भने, ‘के कारणले किन पक्राउ गरेका रहेछ भन्ने थाहा पाइसकेपछि आफ्नो धारणा बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?