+
+

डोजर लिएर कपन पुग्यो महानगर प्रहरी, खोला खोल्नेबारे अझै अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १३:२९

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला उत्खनन गर्ने तयारी गरेको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चाबहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।

‘हामी सबै तयारी गरेर कपनमा आएका छौं, वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौं, डोजर चल्ने सम्भावना रहेको छ,’ पाण्डेले अनलाइनखबरसँग भने ।

तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

बूढानीलकण्ठ नगरपालिका भने छलफल विना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र शाह (बालेन)सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।

‘आज नापी विभाग गएर नक्सा हेर्न भन्ने कुरा थियो, तर काठमाडौंको मेयर आउनुभएको छैन,’ अधिकारी भन्छन् ।

उनले थप छलफलपछि मात्रै खोला खोल्ने विषयामा के गर्ने भन्ने प्रष्ट हुने बताए । ‘अब विना छलफल समन्वय गरेर डोजर मात्रै अगाडि बढाएर मात्रै पनि हुँदैन नि’ मेयर अधिकारीले अनलाइनखबरसँग भने ।

नापी विभगमा मेयर नआएपछि जिसस काठमाडौंको छलफलपछि मात्रै निर्णय आउने उनले बताए ।

खहरे खोलाको अधिकांश स्थान पर्ने बूढानीलकण्ठ नगरपालिका १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिका वार्ताबाट भागेको बताए ।

‘मेयर बालेन, छलफल र वार्ताबाट भाग्ने, डोजर लगाएर स्थानीय तर्साउन खोज्ने मात्रै गरेर हुँदैन,’ उनले भने । नापी विभागबाट नापजाँच विना भत्काउन नमिल्ने तर्क भट्टराईको छ ।

 

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?