+
+

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १४:४७
फाइल तस्वीर

२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्या र चासोका बारेमा छलफल गर्न बोलाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अनलाइनखबरलाई बताए । ‘अहिले निजी क्षेत्रको मनोबल धेरै नै खस्किएको छ, धेरै नै समस्याको सामना गरिरहेका छौं, तिनै विषयमा छलफल गर्न भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, हामीले आफ्ना कुरा राख्छौं,’ उनले भने ।

प्रधानमन्त्रीका कार्यालयका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी तथा अर्थसचिव अर्जुन पोखरेललाई पनि सँगै राखेर निजी क्षेत्रसँग छलफल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?