
२८ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन् ।
१५ साउन बिहीबार बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैंठकले दुवै सामूहिक लगानी योजनाको आर्थिक वर्ष २०७९/८० को कमाइबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेको हो ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त योजनाहरुको लाभांशको लागि इकाइधनी दर्ता किताब बन्दको लागि अर्को सूचना प्रकाशिक गर्ने कुमारी क्यापिटलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4