२८ साउन, काठमाडौं । नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा नियुक्त भएका छन् ।
एसिया ट्रायथलनका अध्यक्षरहेका साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजले श्रेष्ठलाई सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् ।
अजिज सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् ।
उनी वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् ।
चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठक सन् २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो र त्यसमा अध्यक्ष अल्दुल अजिजले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् ।
श्रेष्ठ विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।
प्रतिक्रिया 4