
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय छानविन समिति बन्नुपर्ने निर्णय दलको बैठकमा राखे ।
हालसम्मका सबै भ्रष्टचारका मुद्धा छानविन गर्ने गरि उच्चस्तरीय समिति बन्नुपर्ने मत पौडेलले राखेका छन् ।
सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्ने पौडेलले बताए ।
उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलले राखे ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनले बताए ।
‘सरकार र दल फरक होइन? सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैन?’ पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4