
काठमाडौं । अनिल बुढामगरले निर्देशन गर्ने फिल्म ‘घरज्वाइँ’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले जोडी बाँध्ने भएका छन् ।
निर्माण पक्षले आइतबार यस विषयमा जानकारी दिंदै आगामी माघ दोस्रो सातादेखि फिल्म छायांकनमा जानेसमेत बताएको छ । फिल्मको छायांकन पूर्वी रुकुममा गरिने जनाइएको छ । फिल्मले घरज्वाइँ बस्ने युवकको कथा भन्नेछ ।
जीएम मुभिज प्रोडक्सन प्रालिको प्रस्तुति रहेने फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल र राज थापा पनि यसअघि नै फाइनल भइसकेका छन् । फिल्मका निर्माता जनक घर्ती मगर हुन् भने लेखन निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको रहेको छ । फिल्मलाई रोहित–रत्नको आरआर फिल्म्सले वितरण गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4