
२८ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेको छ ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको जानकारी दिए । यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ । यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो ।
प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4