
काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ अन्तर्गत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई केन्द्रित गरी सञ्चालन गरिएको कार्यक्रममा १०९ जना विद्यार्थीहरु सहभागी भएका थिए । पिप्ले रंगशालामा आयोजित कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने डौफिन राइका मगरलाई सम्मान स्वरुप १० हजार १ रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रम अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५००, तेश्रो हुनेलाई २ हजार ५०० का साथै सान्त्वना स्वरुप थप ८ जना विद्यार्थीलाई मासिक रुपमा १ हजार ५०० रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
एसईई परीक्षामा प्राप्त जीपीए, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरु चुनिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा आगामी १ भदौमा कम्पनीकोे आधिकारिक वेवसाइट तथा फेसबुक पेजमार्फत प्रकाशित गरिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4