
काठमाडौं । विश्वमा सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक कम्पनी ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता रहेको थियो । साउन महिनामा मेहँदी संस्कृति संरक्षण/प्रवर्द्धन, वोमेन इम्पावरमेन्ट, रोड सेफ्टी एवारनेस, राइडिङ सेफ्टी एवार्नेस र टू व्हील टुरिज्म प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रम २६ साउनमा रोयल इनफिल्डको नक्साल शोरूममा आयोजना गरिएको थियो । जहाँ महिला राइडरहरूले आफ्नो इच्छा अनुसार मेहन्दीकला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको थियो। मेहन्दी कार्यक्रम पछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूले नयाँ क्लासिक ३४०सीसी र स्क्र्याम ४११सीसीको अन रोड अनुभव प्राप्त गर्न टेस्ट राइड गराइएको थियो ।
सहभागी महिला राइडरहरुलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4