
तस्वीर : भीमलाल चेपाङ
२९ साउन, गोरखा । लगातारको वर्षाले गोरखा र धादिङ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
गोरखाको गण्डकी गाउँपालिका–६ हिक्लुङ र धादिङको वेनिघाट जोड्ने हिक्लुङ पुलमा आइतवार राती क्षति पुगेको स्थानीय भीमलाल चेपाङले बताए ।
उनका अनुसार मानिस आउजाउ गर्न नमिल्ने गरी पुलको केही प्यानल बगाएको छ ।
‘गएराती त्रिशुली बढेर पानी पुलभन्दा माथिसम्म आएपछि पुलमा क्षति पुगेको हो,’ उनले भने ।
पुलमा क्षति पुगेसँगै हिक्लुङ, थुम्का, बालकीलगायतका स्थानीयलाई त्रिशुली नदी वारपार गर्न समस्या भएको उनले जानकारी दिए ।
२०७५ सालमा उक्त पुल बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4