+
+

निर्माण व्यवसायीसँग अर्थमन्त्रीले भने : बिल आएको १५ दिनभित्र सबै दायित्वको भुक्तानी हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १८:५२

२९ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले तिर्नुपर्ने गरी सिर्जना भएको दायित्वको भुक्तानी गर्ने बताएका छन् । सोमबार भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका निर्माण व्यवसायीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ,’ उनले भने,`बिल उठाएका सबै भुक्तानी हुन्छ ।’ सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको उनले बताए ।

‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ,’ महतले भने, ‘मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं । तर, बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन ।’

कुनै ठेक्काको बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए ।

‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाँडै काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ,’ अर्थमन्त्री महतले भने ।

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने पनि अर्थमन्त्री महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?