+
+

एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १६:१४

२९ साउन, काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ ।

नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ

एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेल समेत खेल्ने तयारी छ ।

१७ सदस्यीय टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?