२९ साउन, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका गोलकिपर केपा अरिजाबालागा लोनमा स्पानिस क्लब रियल मड्रिड पुगेका छन् ।
रियलले केपालाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
पहिलो रोजाइका गोलकिपर थिबाउट कोर्तवा घाईते भएपछि रियलले नयाँ गोलकिपर भित्र्याएको हो ।
सन् २०१८ मा स्पेनकै एथ्लेटिक विलवाओबाट चेल्सी पुगेका उनले लण्डन क्लबका लागि १०९ खेल खेलेका थिए ।
प्रतिक्रिया 4