+
+

विराटनगरमा तरबार प्रहारबाट १ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १७:५२

२९ साउन, विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको छ । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो ।

तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।

उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ ।

घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा प्रयोग गरिएको तरबार प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?