
२९ साउन, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको छ । २८ साउनमा आयोगबाट हकप्रद निष्कासनका लागि स्वीकृति प्राप्त भएको पत्र आएको कम्पनीले जनाएको छ ।
कम्पनीको ८ असारमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । रिडी पावर कम्पनीको सहकायक कम्पनी साझा पावर कम्पनीले निमार्ण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनना निमार्ण गर्न स्वपूँजी व्यवस्थापन गर्न उक्र हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीले गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १२ रुपैयाँको ५० प्रतिशत हुने ७७ करोड ४४ लाख ५० हजार ६० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले १०० कित्ता सेयर हुनेले थप ५० कित्ता सेयरमा आवेदन दिन सकनेगरी हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीको प्रस्तावित हकप्रद नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपनि जारी हुनेछ ।
प्रतिक्रिया 4