
३० साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज -गलबार) बिहान आफन्तले गुल्मी अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4