
३० साउन, सिमकोट, । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो ।
ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए ।
उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मङ्गलबार मृत भेटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4