+
+

सुनिल शर्माको सर्टिफिकेट छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १६:४६

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् ।

थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।

यो समूहले भ्रष्टाचारी जोगाउनका लागि नेकपा एमालेले संसद अवरुद्ध गरेको आरोप पनि लगाएको छ ।

अखिल क्रान्तिकारीमा असन्तुष्टहरुले पवन कार्कीको समूहमा रहेर गतिविधि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?