
३० साउन, काठमाडौं । एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ ।
विमानस्थल स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।
अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4