+

फेन्सिङका राष्ट्रिय खेलाडी ओमकार सिंह स्नाकोत्तर अध्ययनका लागि सोल जाने

२०८० साउन  ३० गते १७:५८ २०८० साउन ३० गते १७:५८
फेन्सिङका राष्ट्रिय खेलाडी ओमकार सिंह स्नाकोत्तर अध्ययनका लागि सोल जाने

३० साउन, काठमाडौं । फेन्सिङका राष्ट्रिय खेलाडी ओमकार सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेशनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक समारोहबीच उनको बिदाइ गरे ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए ।

सिंह कमिटीको सिफारिसमा यस अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी) ले छनोट गरेको हो ।

स्नाकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।

ओमकार सिंह फेन्सिङ खेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय