
३० साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले प्रदान गर्ने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट पुरस्कृत भएको छ ।
कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै उक्त अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।
बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । २९ साउन सोमबार काठमाडौंमा आयोजित ‘लिडर फर द नेक्स्ट जेनेरेसन एक्सपेड द अनएक्सपेक्टेड’ कन्फरेन्समा बैंकलाई उक्त पुरस्कार प्रदान भएको बैंकले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4