+
+

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

रासस रासस
२०८० साउन ३० गते १८:५०

३० साउन, किमाथाङ्का । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई पाँच दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो ।

कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

चौकीदारसहित नौ कैदीमाथि अनुसन्धान

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको थियो । सो घटनामा संलग्न भएको आरोप लागेका चौकीदार कार्कीसहित नौ जना कैदीमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए ।

उनीहरूलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको हो । प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो । घटनामा चौकीदारसहितका कैदीको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पच्चीस जना क्षमताको सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी रहेका छन् । उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनालगत्तै गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?