
३१ साउन, काभ्रे । अरनिको राजमार्ग अन्तरगत धुलिखेल अरनिको होटेल अगाडि मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नं.को मिनिट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठान धर्मवती गाउँपालिका ७ बस्ने वर्ष २७ का सुरज गिरी रहेका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
हिजो मंगलबार पनि अरनिको राजमार्ग अन्तर्गत बनेपा १३ भैंसेपटीमा मोटरसाइकल दुर्घटना हुँदा धुलिखेल ८ का अभिषेक न्यौपानेको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4