
३१ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन सबै विद्यालयहरु बन्द गरेको छ ।
आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।
हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।
यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4