
३१ साउन, काठमाडौं । भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौर गाउँमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
गाउँलेलाई बिरामी हुँदा सहज र सरल होस भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको भीमदत्त ८ का वडाअध्यक्ष मदनराज मिश्रले बताए ।
‘सवारी साधनको अभावमा कोही पनि बिरामी अस्पताल पुग्ने सुविधाबाट बञ्चित नहुन भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको हो’, उनले भने ।
उद्योग वाणिज्य संघ कञ्चनपुरले विशेषत वडा नम्बर ८ का जनतालाई सहजताका लागि एम्बुलेन्स प्रदान गरिएको हो । बिहीबार एम्बुलेन्स वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4