
३१ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाएको ताला पूर्ण रुपमा खोलिएको छ ।
विश्वविद्यालको सेवा अयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा नेपाल विद्यार्थी संघ दाङले लगाएको ताला बुधबार खोलिएको हो ।
योसँगै विश्विद्यालयमा लगाइएको ताला पूर्ण रुपमा खुलेको छ ।
नेविसंघ दाङले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएका थिए ।
विश्वविद्यालयको तर्फबाट गठित वार्ता समिति विद्यार्थी संगठनबीच बुधबार भएको वार्तामा सहमती जुटेपछि दुईवटै ताला खोलिएको वार्ता समिति सदस्य उपप्राध्यापक सुधीरकुमार पोख्रेलले बताए ।
वार्तामा सेवा अयोगका सबै परीक्षाहरु लोकसेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको विषयमा छानबिन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय भएको पोख्रेलले बताए ।
उनका अनुसार आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृति २०७९ साउनदेखि लागू हुनेगरी ५० प्रतिशत बृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको छ ।
बुधबार ताला खुलेपछि विश्वविद्यालयका सबै कामहरु पुनः सञ्चालन भएका छन् ।
यसअघि गत असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले लगाएको ताला झण्डै दुई महिनापछि शुक्रबार खोलिएको थियो ।
प्रतिक्रिया 4