
काठमाडौं । वैदेशिक रोजगारीको कथामा फिल्म ‘प्रस्थान’ बन्ने भएको छ । अमेरिकामा भएको छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा निर्माता हसनराजा खानले फिल्मको घोषणा गरेका हुन् । फिल्मको निर्देशन पनि हसनले नै गर्नेछन् ।
व्यवसायको सिलसिलामा यूएईको दुबईमा बस्दै आएका हसनले फिल्मको छायांकन यूएई र नेपालमा हुने जानकारी दिए । यो फिल्मको निर्माणमा दुबईको कम्पनी किब्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीको कथा प्रस्तुत गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ हाराहारीमा हुने हसनले बताए । उनका अनुसार फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी छ ।
हसनले यसअघि ‘अलबिदा’ र ‘रोमियो’ फिल्म निर्माण गरेका थिए भने रोमियोमा अभिनयसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4