+
+

माओवादीले लुम्बिनीमा तीन महिने अभियान चलाउने, तोकियो जिल्ला संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १४:२४

३२ साउन, दाङ । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी लुम्बिनी प्रदेशमा थालेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि अभियानको तयारी थालेको हो ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरी) बसेको चौथो पूर्ण बैठकले अभियानका लागि प्रदेशका १२ वटै जिल्लामा अभियान संयोजक तोकेको छ । जसअनुसार रुकुमपूर्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोखबहादुर महरा, अर्घखाँचीमा बामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खडका, नवलपरासि पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णाकुमारी सुवेदी अभियान संयोजक तोकिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।

बैठकले अभियानलाइ तीन चरणमा सम्पन्न गर्ने उनले बताए । उनका अनुसार भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वामअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ ।

तीन महिने अभियानका लागि जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्यह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरि रहेको अभियान अनुगमन तथा प्रशिक्षण गर्ने टीम निर्माण गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीकी स्थायी कमिटि सदस्य रेखा शर्माले पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाइ एक अर्कामा जोडदै सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सफल पार्न जनतासँग एकाकार गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन् ।

अभियानका क्रममा प्रदेशका एक सय नौ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने, नौ सय ८३ वडाहरुमा पार्टी संगठन सुदृढ एबं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र जनतामा पुग्ने उनले बताइन् ।

बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इञ्चार्ज हितमान शाक्य, स्थायी समिति सदस्य रेखा शर्मा उपस्थित थिए ।

केन्द्रीय सदस्य जिल्लाबाहिर

माओवादीले अभियान पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने भएको छ । अभियभान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला र प्रदेश सदस्यहरुलाई अन्तरपालिका हटाउने गरी कार्यक्षेत्र विभाजन गर्ने नेताहरुले बताएका छन् ।

अभियानबाट नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने र कम्तीमा २५ लाख मतदातासम्म पुग्ने तयारी नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?