+

राष्ट्रिय फुटसल टिमका लागि खुल्ला छनोट गरिने

२०८० साउन  ३२ गते १६:५७ २०८० साउन ३२ गते १६:५७
राष्ट्रिय फुटसल टिमका लागि खुल्ला छनोट गरिने

३२ साउन,  काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुल्ला छनोट मार्फत राष्ट्रिय फुटसल टोली बनाउने भएको छ ।

एन्फाले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा प्रतिस्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका लागि खुल्ला छनोट गर्न लागेको हो ।

एन्फाले बिहीबार सात प्रदेश, ४८ जिल्ला र शहीद स्मारक ए, बी र सी डिभिजन क्लबहरुलाई पत्र लेख्दै खुल्ला छनोट हुने जानकारी गरउँदै छनो६मा सहभागिताका लागि आग्रह गरेको छ ।

छनोट प्रतियोगिता काठमाडौं चन्द्रागिरीको मत्स्या रिक्रिएशन सेन्टरमा हुनेछ । छनोटमा भाग लिन इच्छुकहरुले भदौ १० देखि १५ सम्ममा आवश्यक दर्ता फारम भर्न एन्फाले भनेको छ ।

एन्फाले सोमबार राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत र सहायक प्रशिक्षकमा थमन भुसाललाई नियुक्त गरेको छ ।

नेपालले आगामी अक्टोबर ७ देखि ११ सम्म मंगोलियाको उलानबटारमा हुने फुटसल एसियन कप छनोट खेल्दैछ ।

छनोटको समूह डी मा रहेको नेपालले आयोजक मंगोलियासहित भियतनाम र दक्षिण कोरियासँग खेल्नेछ । फुटसल छनोट प्रतियोगितामा सहभागि एसियाका ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कप २०२४ का लागि छनोट हुनेछन् भने सात उत्कृष्ट उपविजेता पनि फुटसल एसियन कपमा छानिनेछन् ।

एक टिम भने आयोजकको रुपमा छनोट हुनेछ ।

राष्ट्रिय फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय