३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ ।
भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिता नकआउट पद्दतिका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताले पूर्वाञ्चल विश्वविद्यालयको खेलकुदमा ऐतिहासिक छाप छोड्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया 4