+

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट

२०८० साउन  ३२ गते १८:३७ २०८० साउन ३२ गते १८:३७
जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट

३२ साउन, धनगढी । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट चयन भएका छन् ।

बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सक्रिय रहेका विष्टलाई पुनः जिल्ला हाक्ने जिम्मेवारी प्राप्त भएको हो ।

उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा छन् ।

सदस्यहरुमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रबि), गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

५ जना सम्मानित

जिल्ला क्रिकेट संघ कैलालीको सातौं अधिवेशनमा ५ जना सम्मानित भएका छन् ।

क्रिकेटमा लामो समयदेखि सक्रिय रहेर अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरेको हो ।

कैलाली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष धर्मबहादुर बोहरा, पूर्वसचिव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन् ।

नेपाल क्रिकेट संघ विक्रम विष्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय