
१ भदाै,विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।
आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।
गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेकाे हाे । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4