+
+

उपभोक्ता मुद्रास्फीति नियन्त्रणमा राख्न राष्ट्र बैंक असफल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १४:०९

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ । शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ ।

विवरणअनुसार २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९÷८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको केन्द्रिय बैंककले जनाएको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो।

तराइमा उच्च महँगी

केन्द्रिय बैंकको विरणअनुसार क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हेर्दा तराईका उपभोक्ताले धेरै महँगी झेलेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराइमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७० प्रतिशत, तराइमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत थोक मुद्रास्फीति ८.४७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ९.५१ प्रतिशत थियो । २०८० असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति १२.७४ प्रतिशत थियो ।

२०८० असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत छ । सन् २०२३ जुलाई महिनामा भारतको पनि यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?