+
+

मन्त्री आचार्यका १०० दिन : गर्भवती र सुत्केरी ४२ महिलाको हवाई उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १६:२९

१ भदौ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नो सय दिने कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको उपलब्धी सार्वजनिक गरेका छन् । जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धारको कार्य मन्त्रीको सय दिने कार्यमा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री आचार्यले पद वहाली पछिको अवधिमा जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरेको जानकारी गराएका छन् । जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयको सम्बन्ध आफूले जोड्न सकेको मन्त्री आचार्यले दाबी गरेका छन् ।

हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको कार्यलाई यसै अवधिमा भएको मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयले पछिल्लो सय दिनमा बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्दार गरिएको छ,’ मन्त्रीका सय दिने कार्यमा उल्लेख छ ।

विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम सञ्चालनलाई सय दिने उपलब्धीमा उल्लेख गरेका छन् । ज्येष्ठ नागरिक नीतिको मस्यौदा तर्जुमा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार लगायतलाई सय दिने कार्यमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?