+
+

प्रदीप गिरिको स्मृतिमा आयोजित काठमाडौं–काशी यात्रा नरोकिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १६:२६

१ भदौ, काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको स्मृतिमा आयोजित काठमाडौं–काशी यात्रा नरोकिने भएको छ ।

प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो । अस्तु विसर्जन गरिने उक्त यात्राप्रति गिरि परिवारका सदस्यले बिहीबार नै विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका थिए ।

गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति बिना अस्तु विसर्जन कार्यक्रम राखेको जनाएका थिए ।

लिखित र मौखित रुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा पनि समितिका कञ्चन झा, रामपल्टन साह लगायतले नसुनेको परिवारका सदस्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर झा, साह सहित गिरि निकटका व्यक्तिहरुले यात्राको जानकारी गराएका थिए ।

परिवारका सदस्यले विज्ञप्ति निकालेर विरोध जनाए पनि काठमाडौं–काशी यात्रा नरोकिने कार्यक्रमका अगुवा झाले बताए । ‘सामाजिक रितिथिति अनुसार नै कार्यक्रम गर्न लागेका हौं । अस्तु विर्सजनका लागि तोकिएको यात्रा रोकिन्न,’ झाले भने ।

काठमाडौं–काशी यात्रामा गिरिको भाइ शेखर सहित अन्य व्यक्तिहरु पनि सहभागी हुनेछन् । यात्राका लागि २५ देखि ३० जनाको टोली सहभागी हुने छ ।

भदौ २ गते पशुपतिनाथबाट यात्रा प्रारम्भ हुने यात्राको कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन र बिदाइ गर्ने कार्यक्रम तय भएको छ । भदौ ४ गते भारतको वाराणसीमा विशेष कार्यक्रम गरिने भएको छ ।

यात्राको क्रममा हेटौंडा, वीरगञ्जमा समेत श्रद्धाञ्जली कार्यक्रममा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?