
१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् ।
धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरे ।
जिल्ला तहबाट आपतकाल घोषणा गर्न आग्रह गरे पनि संघ र प्रदेश सरकारले चासो नदिएको उनले गुनासो गरे ।
स्वास्थ्य आपतकाल घोषणा गरि उपचार प्रभावकारी बनाउन उनले माग गरे ।
गत वैशाखदेखि धरानमा फैलिएको डेंगुका कारण ११ जनाको मृत्यु भइसकेको छ । १२ हजार १८४ जना संक्रमित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4