+
+

सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सकिंदैन : परिसंघ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १७:२५

१ भदौ, काठमाडौं । सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो ।

यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ । उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ ।’

अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको र उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेको दाबी समेत परिसंघले गरेको छ ।

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भए पनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने भन्दै परिसंघले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएको हो ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन परिसंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?