
१ भदौ, काठमाडौं। अमृत क्याम्पसले क्याम्पसको लेखा शाखामा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ।
क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपमा तालाबन्दी गरेको भन्दै तालाबन्दी गरेको अस्कलका स्ववियु सचिव रुद्रहरि पोखरेलले जानकारी दिए।
सचिव पोखरेलले अनलाइनखबरसँग भने, ‘ क्याम्पस प्रशासनले स्ववियु कोष,विद्यार्थी कल्याण कोष ,खेलकुद तथा पत्रपत्रिका लगायतका शीर्षकमा अनियमितता भएको छ । हामीले पटक-पटक क्याम्पस प्रशासनसँग वार्षिक आय व्याय सार्वजनिक गर्न माग गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको हो।’
उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा स्ववियुको कोष २०७६ सम्म प्रयोगमा आएको देखिएको भन्दै अब पनि सार्वजनिक नगरिए स्ववियू अधिकार खोस्न नदिने चेतावनी दिए ।
‘हामीले १४ वर्षपछि पदाधिकारी जितेर आयौं। क्याम्पस प्रशासनले स्ववियुको कोष २०७६ सम्म प्रयोग गरेको देखिन्छ। तर सार्वजनकि गर्न नमान्नुले के अर्थ दिन्छ ? स्ववियुलाई काम गर्न नदिन सिधासिधी मनसाय हो। ‘ उनले प्रश्न गरे ।
विद्यार्थीहरूको माग सम्बोधन नहुञ्जलेल क्याम्पस प्रशासनमा तालाबन्दी भइरहेको उनको भनाइ छ ।
हेर्नुहोस् अस्कलका स्ववियूले निकालेको विज्ञप्ति :
प्रतिक्रिया 4