+
+

कमल गाउँलेले ल्याए गाईजात्रे प्रस्तुति ‘काण्डै काण्डको देश’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १२:०५

२ भदौ, दाङ । हास्यकलाकार कमल गाउँलेले २३ औं गाईजात्रे प्रस्तुति ल्याएका छन् ।

उनले यो वर्षको ‘काण्डै काण्डको देश’ शीर्षकको प्यारोडी गाईजात्रे ल्याएका हुन् । उनले शुुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

यसमा उनले मुलुकमा भएका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति सुन लगायतका चर्चित काण्डहरुलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाएका छन् ।

उनले हरेक वर्षको प्यारोडीमा झैं यसमा पनि देशमा भएको राजनीतिक र सामाजिक विकृति विसंगतिमाथि चोटिलो व्यंग्य गरेका छन् ।

उनको गाईजात्रे प्रस्तुतिभित्र  ‘गाईजात्रा भो देशमा’ र  ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् ।

गाउँलेले २३ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?