+
+

कैलालीमा लागूपदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १४:५८

२ भदौ‌, धनगढी । कैलालीमा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूऔषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारी साधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?