
२ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।
सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यही भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।
यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप माग अनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिए । काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।
दमाम-काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4