
२ भदौ, काठमाडौं । अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेन २-० ले विजयी भएको हो ।
३० औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।
हारपछि आयोजक अष्ट्रेलियाले भने चौथो स्थानमा चित्त बुझाएको छ । उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4